बेलायत,फागुन २७ गते – अमेरिकाले उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली परीक्षण गरेको दावी गरेको छ। अमेरिकाले उत्तर कोरियाको उक्त कदम प्रति गम्भीर आपत्ती जनाएको छ।

उत्तर कोरियाले गत फेब्रुअरी २६ र मार्च ४ मा त्यस्ता प्रकारका उपग्रहको विकाशमा केन्द्रित भएर क्षेप्यास्त्र परीक्षण गरेको दावी गरेको छ। उत्तर कोरियाले परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्रले अमेरिका सम्म मार हान्न सक्ने क्षमताको रहेको छ।  

पेन्टागनका प्रवक्ता जोन किर्बीले  उत्तर कोरियाले गरेको परिक्षण अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रणालीमा आधारित भएको दावी गरेका छन्। उत्तर कोरियाले गरेको सो परीक्षणले सुरक्षा स्थितीलाई अस्थिर बनाउने जोखिम बढेर गएको अमेरिकी अधिकारीहरुले भनेका छन्। जापान र दक्षिण कोरियाले समेत उत्तर कोरियाको उक्त परीक्षणप्रति निन्दा गरेका छन्। अमेरिकाले  राष्ट्रसंघिय सुरक्षा परिषद्का कतिपय निर्णयहरुको विपरित उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको भन्दै निन्दा गरेको छ