महोत्तरी,फागुन २६ गते –  महोत्तरीको गौशालामा हुनै लागेको बालविवाह प्रहरीले रोकिएको छ। गौशाला नगरपालिका–  ६ फुलकाहामा गएराति जन्तीसहित गर्न लागिएको ‍ १४ वर्षिया बालिकाको विवाह रोकिएको हो।

प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार दिलेचन महतोले आफ्नी छोरीको गर्न खोजिएको बालविवाह प्रहरीको टोलीले तत्कालै रोकिएको हो। प्रहरीले गोप्य सूचना पाएलगतै स्थानिय नागरिक समाज, भद्रभलादमी, बुद्धिजीवीहरुको सहयोगमा सो कार्य सफल गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए