काठमाडौं,फागुन २६ गते – नेपाल आयल निगमनको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेको छ । कार्यकारी निर्देशक सिफारिस समितिले चण्डिका प्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो । 

निगमका तत्कालिन निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल सकिएपछि सरकार नयाँ कार्यकारीका लागि आवेदन मागेको थियो । कुल १८ जनाको आवेदन परेको थियो । छनौट समितिले अन्तिम सूचीमा तीन जनाको नाम छानेको छ । मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका तीनमध्ये एक जनालाई निगमनको कार्यकारी निर्देशक बनाउने छ