सप्तरी,फागुन २३ गते–   १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग डाक्नेश्वरी नगरपालिका(३ हटेल बस्ने १९ वर्षीय चन्दन कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

साहले ती बालिकालाई घर छेउको पोखरीको डिलमुनी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहिमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ