सुनसरी, फाल्गुन २२ गते – सुनसरीको धरान उप महानगरपालिका(५ स्थितबाट निषेधित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान(५ का २६ बर्षीय चेतन मगर रहेका छन । हिजो राती पौने १० बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी गस्ती टोलीले मगरको कोठामा खानतलासी गर्दा नियन्त्रित औषधी Tramadol-४९५ क्याप्सुल, Tramol-२६१० क्याप्सुल, Sopapaib-१९१४ ट्याब्लेट र Decolic-२३१५ ट्याब्लेट र को.२१ प ४७४६ नम्बरको मोटरसाईकल थान १ समेत बरामद गरेको हो ।
नियन्त्रित औषधी सहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।




















