जनकपुरधाम,फागुन १७ गते –  धनुषा प्रहरीले अचेत अवस्थामा फेला परेको एक युवकलाई उद्धार गरेको छ ।

सोमबार बिहान जिल्लाको लक्ष्मीनियाँ गाउंपालिका–१ स्थित नाम ठेगाना नखुलेको अनुमानित २२ वर्षीय बोल्न समेत नसक्ने युवकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

युवकलाई उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको बताइएको छ । उनी जिल्लाको हंसपुर नपा–४ तिसियाहि घर भइ हाल जिल्ला धनुषा जनकपुर उप– महानगरपालिका–१६ कपिलेश्वर बसपार्क नजिकमा डेरा गरी बस्दै आएका हलखोरी मण्डलको छोरा दिपेन्द्र मण्डल रहेको बताइएको छ ।