काठमाडौ,फागुन १५ गते – आज  २४ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाइदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय स्वास्थ्य सेवा दिवस बनाउन लागेको छ । मन्त्रालयले स्वास्थ्य मन्त्रालय प्राङ्गणमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ ।  मन्त्रालय परिषरमै निशुल्क स्वास्थ्य शिविर हुदैछ । स्वास्थ्य शिविरका लागि भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपणको केन्द्रका स्वास्थ्यकर्मीहरु आउनेछन् ।  गुणस्तरीय स्वास्थ्य सेवा र हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ नेपालभरि विभिन्न सचेतना कार्यक्रमसहित मनाइँदै छ ।
२४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले संविधानले प्रत्याभूत गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित हुनेछ गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  आइतबार शुभकामना सन्देश दिँदै खतिवडाले विगत तीन दशकमा नेपालको स्वास्थ्य सेवा प्रवाह वृद्धि भई नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताउनु भएको छ ।  
नेपालको पहिलो राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले स्वास्थ्य सेवालाई देशको कुनाकाप्चामा फैलाउने नीति लिएको र त्यसपछिका स्वास्थ्य नीतिले गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिइएको उहाँको भनाइ छ ।  स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रवाह हुनुमा स्वास्थ्यकर्मीहरूको ठूलो योगदान रहेको भन्दै मन्त्री खतिवडाले सह्राना गर्नुभएको छ ।  २४औं राष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यक्रम राखेको छ ।   नेपालमा राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०५४ सालदेखि मनाइँन थालेको हो