काठमाडौं,फागुन ८ गते – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक भर्खरै सुरु भएको हो। बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुनेछ। आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
सत्तागठबन्धनले एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोबारेमा पनि छलफल गर्नेछ।सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एमसीसीलाई कार्यसूचीमा राख्ने र संसद् बैठकमा टेबल गर्ने तयारी गरेको छ। कार्यव्यवस्थाको बैठकमा एमसीसीबारे छलफल भए कार्यसूची संशोधन गरेर राख्न सकिने संसद् सचिवालयले जनाएको छ।बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, गृहमन्त्री बालकृष्ण खाँडलगायतको उपस्थिति छ




















