कञ्चनपुर,फागुन ८ गते – कृष्णपुर नगरपालिका– ५ वनदेवी मन्दिर नजिकबाट ५ सय २४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्त सहित जुम्ला कन्कासुन्दरी गाउँपालिका– ६ स्थायी घर भई हाल कैलाली गोदावरी नगरपालिका– २ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कर्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई २४ ग्राम यार्सागुम्बा र भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा निजको कोठा तलासी गर्दा थप ५ सय ग्राम यार्सागुम्बा फेला पारी प्रहरीले बरामद गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ