सिरहा, फागुन ३ गते – हेटौंडा उपमहानगरपालिका(३ बसामाडी बस्ने ३३ वर्षीय अशोक बिकलाई करिब २ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बसामाडी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

 सुनवर्षी नगरपालिका– ८ हरिचन्द्रगडीबाट करिब १ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका– १ केचना बस्ने धनकुटा जोरपाटी गाउँपालिका– ६ घर भएका २३ वर्षीय विनोद तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

 धनगढी उपमहानगरपालिका– ७ देवरीया बस्ने २६ वर्षीय हितेश साहुलाई करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घर तालसी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ