दाङ्ग,फागुन ३ गते – दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका(१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनलाई पूर्व(पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका(१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।

साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो । घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व(पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् । मृतकको शव घटनास्थानमै छ ।