जनकपुरधाम,माघ २३ गते – मधेश प्रदेशमा एक राज्यमन्त्री थपिएका छन्। मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन राज्य मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन्।
मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा यादवलाई शपथ ग्रहण गराएका हुन्। राज्यमन्त्री बनेका यादव रौतहटको निर्वाचन क्षेत्र ३ ९क० बाट निर्वाचित भएका हुन्। यसअघि मन्त्रालयमा राज्य मन्त्रीको रुपमा सुरेश मण्डल रहेका थिए। पार्टी विभाजनअघि मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गरेका थिए।
मन्त्रालय टुक्राएपछि मंसिर ५ गते नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोको नेतृत्वमा नेकपा एस सरकारमा गएको थियो। उद्योग, पर्यटन तथा वन मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुन मन्त्रीमा प्रमोद यादव नियुक्त भएका थिए




















