राजविराज, २३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित तेश्रो मेयरकप २०७८ फुटबल प्रतियोगिताको उपाधी मलिथम  फुटबल क्लव उदयपुरले हात पारेको छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार  सम्पन्न फाईनलमा फ्युजन फुटबल क्लव उदयपुलाई  टाईब्रेकरमा एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मलिथम क्लवले उपाधी हात पारेको हो ।
    अत्यन्तै प्रतिष्पर्धात्मक खेलको निर्धारित समय दुईरदुई गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । प्रतियोगिताको उपाधीसँगै मलिथम टीमले नगद रु ५५ हजार नगद तथा कप हात परेको छ भने फ्युजन क्लवले रु ४५ हजार तथा कपमा चित बुझाएको संयासी युवा क्लवका पुर्व सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा पुस २५ गतेदेखि सञ्चालित प्रतियोगितामा  सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न ११ क्लबको सहभागिता रहेको थियो ।
     प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण कार्यक्रममा शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता कुमार चौधरी, शम्भुनाथ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रन्जना साह, डा. पशुपति चौधरी, आयोजक खेलकुद समितिका अध्यक्ष राजिव कुमार चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरणा गर्नुभयो ।
यसअघि बिहीवार भएको मैत्रीपुर्ण खेलमा लहान भेट्रान टिमले शम्भुनाथ भेट्रान टिमलाई पराजित गरेको थियो । यस्तै बिहीवारै भएको महिला मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नवोबुद्व महिला फुटबल टिम मझौ सप्तरीले शनिश्चरे महिला फुटबल टिम मोरङलाई पराजित गरेको थियो ।