अनुभक्त चौधरी

सिरह,माघ २० गते । सिरहाको लहान नगरपालिका वडा नं. ११ पडरिया थारु टोलमा वर्षौदेखि लोहवरिया ट्रष्टको नाममा रहेको खालि जग्गामा प्रदेश सरकारको सहयोगमा भवन बने पछि उक्त टोलका स्थानीयहरु खुसी भएका छन् । 

प्रदेश नं. २ अन्तर्गत लहान क बाट निर्वाचित भएका सांसद लगन लाल चौधरीको संसदीय विकास कोषबाट १७ लाखको लागतमा भवन बन्न थालेपछि सामाजिक कामको लागि अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता हट्ने आकलन स्थानीयले गरेका छन् ।   

12 1

भवन अभावमा यसअघि गाउँमा हुने विवाह, ब्रतबन्ध, भेला, पाहुना घर लगायतको कामकाजको लागि अन्यत्र धाउनुपर्ने वाध्यता थियो । भवनको सम्पूर्ण काम सकेपछि वर्षौदेखि भवन अभावमा खेप्दै आएको समस्या हट्ने स्थानीय बताउँछन् ।

16

लाखौं मुख्य पर्ने दुई कठ्ठा पाँच धुर जग्गा स्थानीय राजेन्द्र चौधरीले निःशुल्क रुपमा उक्त ट्रष्टलाई प्रदान गरेका हुन् । सार्वजनिक कामको लागि प्रदान गरेको जग्गामा संसदीय विकास कोषले रकम खर्चिएर बन्न लागेको भवनले जग्गा सदुपयोगसँगै स्थानीयको समस्या समाधान समेत हुने आकलन गरिएको छ । यद्यपि भवनको सम्पूर्ण काम नसकिएकाले प्रदेश सरकारसँग अझै रकमको माग स्थानीयले गरेका छन् । 

14 1

17