विराटनगर,माघ १३ गते – प्रहरीले आफ्नै बुबाको हत्या अभियोगमा छोरालाई पक्राउ गरेको छ ।
बेलबारी नपरगालिका – ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीले ८० वर्षीय बुबा दल बहादुरको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयलाई लिएर विवाद हुँदा आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले बुबाको हत्या गर्ने छोरा जय बहादुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ




















