मोरङ,माघ १३ गते – आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका– ९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी बिषयमा बादबिवाद तथा झै(झगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।