सप्तरी,माघ १२ गते – सप्तकोसी नगरपालिका(४ बलारदहमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान पौने ८ बजे फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स१०प ४६३५ नम्बरको मोटरलाइकल ठोक्किँदा मोटरसाइकल चालक सप्तकोसी नगरपालिका– १० का २८ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।
ट्रक र मोटरसाइकललाघ नियन्त्रणमा दिई यसबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए




















