अनुभक्त चौधरी, सिरहा,माघ ९ गते । सिरहाको धनगढीमा नगरपालिका वडा नं.४ रियल स्टार फुटबल क्लव सिरहाद्वारा आयोजना भइरहेको फुटबल खेल प्रतियोगितामा आज आइतबार एपीएफ वर्दिवासलाई एक गोलका विरुद्ध दुई गोलले सलहेश युवा क्लव सिरहाले जित हासिल गरेको छ । 

धनगढीमाई नगरपालिका वडा नं. ३ स्थित राजदेवी मन्दिरको प्रांगणमा संचालन भइरहेको फुटबल प्रतियोगितामा भोलिको खेल आयो गोर्खाली महोत्तरी र आयोजक टिम स्टार फुटबल क्लव धनगढीमाई नगरपालिका ४ बीच हुनेछ । 

t

माघ ५ गते शुरु भएको खेलको समापन खेल माघ १३ गते हुने जनाइएको छ । प्रदेश नं. १ र मधेश प्रदेश अन्तर्गतका सिरहा, सप्तरी, उदयपुर, ईटहरी, बर्दिवास लगायतका ८ वटा खेलाडी टिमहरुको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः  ५५ हजार र ३५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र समेत प्रदान गरिने क्लवका सचिव राजकुमार चौधरीले वताउनुभयो ।