सिरहा,पुष  २९ गते –  वीरगंज महानगरपालिका– १६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेश सहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

   गजुरी गाउँपालिका– २ मलेखुबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर तामाङ र चितवन भण्डारा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलामा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

 बेदकोट नगरपालिका– ३ दैजिमा किराना पसल गरी बस्ने सोही नगरपालिका(१ घर भएका ३६ वर्षीय अगुन डगौरालाई करिब ४६ ग्राम २७ मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको  हो । 

 कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका– ७ मिलन चौराहबाट करिब १८ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम सिह ठगुन्ना र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज बिश्वास रहेका छन् । ईलाका प्रहरी कार्यालय चाँदनीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

 ईनरुवा नगरपालिका– ८ भिट टोलबाट लागूऔषध सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोक्राहा नरसिंह गाउँपालिका– १ बस्ने ३५ वर्षीय अलिहक मन्सुरी र ईनरुवा नगरपालिका– ८ बस्ने ३४ वर्षीय संजिव साह रहेका छन् । साईकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी डुम्राबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साइकल चालक मन्सुरीको साथबाट नियन्त्रित लागूऔषध २२ ट्याब्लेट नाईट्रोजन र २ ट्याब्लेट स्पास्मोप्रोकस्भिन तथा साइकलमा सवार साहको साथबाट करिब ३० ग्राम अवैध लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ