सिरहा,पुस २९ गते । प्रदेश नं.२ सरकारको सहयोगमा सिरहाको लहानस्थित खुट्टी सिंचाई आयोजनामा सिंचाईको लागि हेड वक्स निर्माणको कार्य तीब्र रुपमा भइरहेको छ । 

प्रदेश सरकारको भौतिकपूर्वाधार मन्त्रालय अन्तर्गत जलश्रोत सिचाई विकास डिभिजन सिरहाद्वारा आठ करोड ५६ लाखको लागतमा निर्माण भइरहेको उक्त हेड वक्सले त्यस भेगका करिव ९ सय ५० विघा क्षेत्रफलमा सिंचाई हुनेछ । 

लहानको बीच भाग भएर बग्ने वर्षौ पुरानो खुट्टी सिंचाई आयोवयोजना सुचारु नहुँदा सिंचाई अभावमा त्यस भेगका कृषकहरु अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । हेड बक्स निर्माण हुन थालेपछि खेतमा सिंचाई सेवा पुग्नेमा आफूहरुआशावादी रहेको स्थानीयको भनाइ रहेको छ । 

vlcsnap-2022-01-13-10h15m50s243

मल्टी टेक प्रा.लि.ले सकारे पछि काम सुचारु भएको खुट्टी सिंचाई आयोजना निर्धारित समयमै काम सम्पन्न गर्ने गरी काम भइरहेको सिंचाई डिभिजन कार्यालय सिरहाका डिभिजन प्रमुख अरुण कुमार यादवले उल्लेख गर्नुभयो । 

उक्त आयोजना सुचारु गर्नको लागि सम्बन्धित निकायमा पटक पटक प्रयास भए पनि हालसम्म निर्माण हुन नसक्दा विशेषतःलहाननगरपालिका वडा नं.१०, ११, १२, २० र २१ वडाका कृषकहरु सिंचाई सुविधाबाट वंचित हुँदै आएको छ । 

नहर संचालन हुन नसकेपछि ठाउँठाउँमा नहर मिच्नुको साथै भूमिहीन सुकुम्बासीहरूले घर समेत बनाएर बसेका छन् । नहर संचालन भएपछि कृषकको खेत खेतमा सिंचाई हुनेसँगै नहर अतिक्रमण हुनबाट समेत जोगिने आँकलन स्थानीयले गरेका छन् ।