मकवानपुर,पुष २७ गते –  भिमफेदी गाउँपालिका– २ भैसेबाट १ सय ८३ किलो अवैध लागूऔषध गाँजा सहित थाहा नगरपालिका(२ बस्ने ३० वर्षीय रामचन्द्र सिङतानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ३– ०१– ०२२ च ३५५६ नम्बरको पिकअप गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा गाडीमा पोका बनाई लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पिकअप चालक रामचन्द्रलाई पक्राउ गरेको हो