बाँके,पुष २६ गते –  नेपालगंज उपमहानगरपालिका– २० मनिकापुरबाट १ थान कटुवा पेस्तोल सहित सोही उपमहानगरपालिका– १३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ