सिरहा,पुस २२ गते । पर्साको वीरगंज महानगरपालिकावाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा वीरगंज महानगरपालिका १५ शिरोमणि टोल र १४ घण्टाघरबाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका - १५ का २० वर्षीय अवधेश महतो,२१ वर्षीय सुवास तिवारी र बारा कोल्हबी नगरपालिका-९ का १९ वर्षीय सबिन चौधरी रहेका छन् ।
महतो र तिवारी शिरोमणि टोलमा कोठा भाडा लिई बस्दै आईरहेको थियो । बारा सिम्रौनगढ नगरपालिका-४ घर भएका आर्यन गुप्ताले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश २-०३-०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा महतो र तिवारीलाई मंगलबार राति र वीरगंज महानगरपालिका-१४ घण्टाघरस्थित सडक छेउमा सोही ठाउँ बस्ने दिलीप पाण्डेले पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्वरको मोटरसाइकल चोरी गरिरहेको अवस्थामा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्रउ परेकाहरुमाथि जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




















