सुर्खेत,पुष २१ गते – दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका  अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका– ६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ । उनी जिप चालक हुन् । सदरमुकामतर्फ जाँदै गरेको लु.२ च ४८२९ नम्बरको जीप नारायण नगरपालिका– ११ मा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ