सिरहा,पुष १६ गते –  धनगढिमाई नगरपालिका– १३ गौशालाबाट १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित औरही गाउँपालिका– ५ बस्ने ६० वर्षीय जोगेन्द्र यादव र औरही गाउँपालिका– ३ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स.५ प ३१४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको प्रहरीले  जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ