काठमाडौं,पुष १६ गते – प्रधानमन्त्री शेरबहादुर देउवा सुन्दरीजल जाने भएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार दिउँसो ३ बजे सुन्दरीजलस्थित बीपी संग्रहालयमा जाने कार्यक्रम तय भएको छ। 

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ आजकै दिन स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाउन थालेको हो। दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।

सभापति देउवाले शुभकामना सन्देश दिँदै मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको औंल्याएका छन्। उनले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको दाबी गरे।   प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको धारणा व्यक्त गरेका छन्