धनगढी,पुष १३ गते – कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।

आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय  र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो ।

बझाङबाट धनगढितर्फ आइरहेको  से.१ ज ७१८ को जिपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा चालक बझाङकै बुङगल नगरपालिका–११ का २८ वर्षीय  वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।