पाँचथर,पुष १२ गते – आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका इन्द्रबहादुर नेम्बाङलाई ४५ वर्षीय आफ्नै श्रीमती जीवन कुमार नेम्बाङको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।      

उनलेले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको पछि ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।