काठमाडौं,पुष ११ गते – नेपाली भूभाग समेटेर भारतले पुनः राजनीतिक नक्सा जारी गरेको छ । यसअघि नेपालले आफ्नो नक्सामा समेटेको नेपाली भूभाग कालापनी, लिम्पियाधुरा तथा लिपुलेक लगायतका क्षेत्र समेटर भारतले राजनीतिक नक्सा जारी गरेको हो । यस विषयमा राजनैतिक र प्रशासनिक रूपमा समधान गर्ने भनेर दुबै पक्षले प्रतिबद्धता जारी गरे पनि भारतले पुनः अर्को राजनीतिक नक्सा जारी गरी त्यसमा नेपाली भूभाग पनि समेटेको हो ।
यसअघि काली नदीयताको जग्गा नेपालको भनेर नेपालले नक्सा जारी गरेको थियो । यस्तो अवस्थामा भारतले उक्त नदीलाई कुटी याङती नाम दिएर नयाँ नक्सा जारी गरेको हो । भारतले जारी गरेको नक्सामा नेपाली भू(भाग समेटिएपछि यसबारेमा सरकारको प्रष्ट धाराणा आउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को प्रतिक्रिया छ 




















