जनकपुर,पुष ११ गते – सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्को एक जना घाइते भएका छन् ।

शनिबार राति १० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार लालबन्दी नगरपालिका ३ बस्ने भीम गुरुङ्को मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पठाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ बस्ने ४२ वर्षीय जितन चौधरी घाइते भएका छन् । उनको लालबन्दीमा उपचार भइरहेको छ । यस्तै, हरिपुर नगरपालिका ६ लक्ष्मीपुरस्थित नवलपुर(मलंगवा सडकखण्डमा साइकलले ठक्कर दिँदा ए कजना महिलाको मृत्यु भएको छ