सिरहा, पुष ५ गते । हत्या घटनाका मुख्य दोषिलाई अझै पक्राउ नगरेको भन्दै स्थानीले फेरी सडक र बजार बन्द गरेका छन् । सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट एक जनाको मृत्यु भएका थिए भने एक जना घाईते भएका थिए । घटनाको विरोधमा सडक अबरुद्ध गरेका थिए अबरुद्ध स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरि कानुनि दायरामा ल्याउने प्रतिबद्धता पछि अबरुद्ध खुलेका थिए । आज पुनः पिडित पक्षले आफनो माग पुरा नगरेको भन्दै आफूहरु सडकमा उत्रिनु परेको  बताएका छन् ।

सडक जामका कारण अहिले हजारौंको संख्यामा सवारी साडन सडकमै अलपत्र परेका छन् भने हजारौं यात्रुको विजोग भएको छ । सवैभन्दा धेरैमार टाडाजाने यात्रुलाई भएको छ ।

बन्दकर्ता ठूल–ठूला बाँस र भाटा लिएर सवारी अवरुद्ध र बजार बन्द  गराउदै गोलबजार क्षेत्रका राजमार्गको दर्जनौं स्थानमा टायर बालेर, ढुङ्गामुढा सडकमा तेर्साएर अवरुद्ध गरेका छन् ।

शनिवार बेलुका घर जाने क्रममा गोलबजार नगरपालिका ६ डोहटियाका करिव २६ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि यूवाहरुको समूहले छुरा प्रहार गरेका थिए । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने, निकेश घाइते भएका छन् ।

पीडित पक्षका अगुवा शिवसरण सदायले आरोपीलाई पक्राउ नगरेसम्म आन्दोनल जारी रहने बताए । उनले आफूहरु शान्तिपूर्ण आन्दोलनमा छौं, पीडितलाई तुरुन्त पक्राउ गरी कार्वाहीको लागि अपिल गर्दछु ।’

ईलाका प्रहरी गोलवजार प्रहरीका अनुसार घटनामा संलग्नहरुको पहिचान खुलिसकेको बताएको छ । उनीहरु घटनालगतै फरार रहेका उनीहरुको खोजी कार्यतिब्र भएको बताए ।