धनगढी,पुष ४ गते – कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धनगढी उप(महानगरपालीका–२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी उप–महानगरपालीका–८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तबलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरिएको प्रहरीले जनाएको छ




















