काठमाडौं,मंसिर २७ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदानमा ८ सय बढी मत खसेको छ। निर्वाचन समितिका अनुसार दिउँसो ३ बजेसम्म ८७८ मत खसेको हो।
बिहान ८ बजेदेखि मतदानको समय तोकिएपछि तीन घन्टा ढिला सुरु भएको थियो। भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदानमा भइरहेको छ। एउटै मतदातालाई एक घन्टासम्म समय लागेको प्रतिनिधिहरुले बताएका छन्। कांग्रेसको जारी महाधिवेशनमा ४ हजार ७४३ जना प्रतिनिधिहरु रहेका छन्।




















