बेलायत,मंसिर २२ गते – विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले कोभिडविरुद्द अहिले प्रयोग भइरहेका खोपहरु नयाँ भेरियन्ट ‘ओमिक्रोन’को लागि समेत प्रभावकारी हुने बताएको छ । डब्लुएचओका एक अधिकारीले ओमिक्रोन संक्रमणबाट जोगाउन कोभिडविरुद्द अहिले प्रयोगमा आएका खोपले काम गर्ने बताएका हुन् ।
डब्लूएचओका चिकित्सक माइक रायनले अहिले प्रयोग भएका खोपहरुले ओमिक्रोन भाइरसबाट संक्रमित हुनेहरुका लागि समेत प्रभावकारी हुने बताए । उनले अहिले प्रयोग भएका खोपहरु अत्याधिक प्रभावकारी भएको जसले ओमिक्रोन भाइरस विरुद्द समेत काम गर्ने बताए । खोपको मात्रा पूरा गरेकाहरुमा ओमिक्रोन भाइरसको संक्रमण देखिएपनि उनीहरु गम्भीर बिरामी नपर्ने उनले रोयर्टसलाई बताएका छन् । ओमिक्रोन डेल्टा वा अन्य भाइरसको तुलनामा कमजोर रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ




















