सिरहा,मंसिर २२ गते । मलाई बदनाम गर्ने नियतबस विभिन्न सञ्चार माध्यमहरुमा भ्रमक समाचार सम्प्रेशन भएको प्रति गम्भिर ध्यानाकर्षण भएको सिरहा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जनाएको छ । 

सरकारी वकिल कार्यालयले नगरपालिकाको नाममा जारी गरेको विषयलाई व्यक्तिमा जोडेर बदनियत पूर्वक दलिय प्रभावमा समाचार लेखिएको बताए ।

मेयर यादवले जिल्ला वकिल कार्यलयलबाट जारी भएको पक्राउ पूर्जि सञ्चारमाध्यमसम्म पुगेको प्रति पनि खेद व्यक्त गरे । उनले हामीले गरेका कामबाट औडाहा भएकाहरुले नियोजित ढङ्गले बदनाम गर्ने गरी सञ्चार माध्यम पनि प्रयोग गरेको आरोप लगाए ।

मेयर यादवले विपक्षिदलले सानो घटनालाई उछाल्नु, घटनालाई बङ्याएर सत्तामा सत्ताधारीको विरोधगर्नु राजनीतिमा सामान्यविषय विषय भएको बताए । दलहरुले लगाएको आरोप र वहकावमा विषय नबुझि, विषयको गम्भिर अध्ययननगरी निश्चित राजनीतिक स्वार्थशिद्धगर्ने कार्यमा सञ्चारमाध्यम प्रयोग भएको प्रति दुख व्यक्त गरे ।

उनले घटनाबारे जानकारी दिंदै गत २०७६ चैत्र २४ गते मिर्चैया नगरपालिका वडा नं २ मलहनियाँखोरी वडा कार्यालयमा कोरोना भाइरस महामारीमा गरीव, दलीत, विपन्न र वेरोजगार नागरिकलाई नगरपालिकाबाट जनप्रतिनिधि तथा कर्मचारीसहितको टोलीले राहत वितरणको क्रममा जनप्रतिनिधि तथा कर्मचारीमाथि स्थानीय उच्छृङ्खल गतीविधिमा लागेका समुहबाट हुलहुज्जत र ढुङगामुडा समेत प्रहारगर्ने कार्य भयो । 

सो कार्यको स्थानीयजनताहरुले प्रतिकार गर्दा निजहरु भागने क्रममा लडदा केही व्यक्तिका हात–खुट्टा लगायतमा चोटपटक लाग्न पुगेको थियो । सोही विषयलाई राजनीतिक रङ्गदिएर वडा अध्यक्ष, नगर प्रमुखलगायतलाई विपक्षी वनाई ज्यानमार्ने मुदामा दर्ता गराएको थियो ।

त्यहि विषयमा नगरपालिकासहितलाई लगाएको मुद्दालाई नितान्त व्यक्तिगत जस्तो देखाएर आफ्नो चरित्र हत्यागर्ने प्रयास गरेको बताए  । ज्यान मार्ने उद्योगमा झुठा मुद्दा लगाइएको मेयर यादवलाई सिरहा जिल्ला अदालत सिरहाले सोमबार थुनछेक बहस पछि  ३० हजार धरौटी राखेर मेयर श्रवण यादव समान्य तारिख पाएका छन ।