सिरहा,मंसिर २१ गते –पाकिस्तानको कब्जामा रहेको गिलगिट बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।इन्टर(सर्भिस पब्लिक रिलेसन ९आईएसपीआर० का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।

दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन। जीबी मुख्यमन्त्री खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्