सिरहा,मंसिर १९ गते – सिरहाको लहानमा महान गौरवशालीन पार्टी माओवादी केन्द्रको लहान नगर समेलन भब्य रूपमा सम्पन्न भएको छ।पार्टीका नगर संयोजक खडक नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको पुर्व शिक्षा मन्त्री तथा पार्टीका स्थाई समिति सदस्य गिरिराजमणि पोखरेलले लहान समेलनको उदघाटन पान्समा बति बालर गरेका थिए।

बिशिस्ट अतिथिमा पुर्व मन्त्री सुनिता महतो,नेतृ सीता पोखरेल सहिद परिवारका प्रतिनिधि तथा पार्टीका नेतृ सुधा देबि यादव,नेकपा एमालेका वरिष्ठ नेता राजेन्द्र प्रसाद चौधरी राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य राज कुमार साह अतिथिहरुमा पार्टीका प्रभाव सालीन नेता बिजय गुप्ता देब नारायण महतो,लहान नगरपालिका वडा नम्बर २० वडा अध्यक्ष तथा पार्टीका नेता गणेश चौधरी,जनप्रतिनिधि तथा नेता हेमन्त यादव, मनोज सहनी,विद्यार्थी नेता राम उदगार यादव लगायतका नेताहरु रहेका थिए। कार्यक्रममा स्वागत मन्तव्य नेता देब नारायण महतोले राखनु भएको थियो।

हरि यादव लगायत सहिद परिवारका ब्यक्तीहरुलाई दोसल्ला ओडाएर समान गरेका थिए। विभिन्न पार्टी प्रतियाग गरी दर्जनौं ब्यक्ती माओवादी केन्द्रमा प्रवेश गरेका थिए। प्रमुख अतिथि पोखरेलका अनुसार तपाई हामीको बैचारिक स्तर माथि उठाउनु जरुरी छ बिधि र नितिहरु निकै पछी परेको छ्। राजनितीलाई प्रबिधि मैत्री बनाउनु पर्छ देशमा जनताको खाचो रहेको छ। अरु पार्टी संग प्रतिस्पर्धामा आउनु पर्छ र पार्टी ब्यक्तीहरुलाई प्रशिक्षण दिनु जरुरी रहेको बताए।स्वतन्त्र र मुक्ति समाज परिवर्तन गर्नको लागी आफू पार्टीमा लागेका हौं। हाम्रो पार्टीले सामन्तवाद आन्दोलनमा कस्तो लडाइँ र भुमिका खेल्नु भएको कुरा देशका जनतालाई थाहा भएकै कुरा हो टिप्पणी गरेका थिए। नेता बिजय गुप्ताको विशेष नेतृत्वमा नगर समेलन भएको आयोजकले जानकारी दिनु भयो