लण्डन,मंसिर १६ गते – बेलायतमा करिब ३० हजार मानिस अझै अन्धकारमा बस्न बाध्य छन् । करिब पाँच दिनअघि आएको अर्वेन आँधीका कारण विद्युत अवरुद्ध हुँदा त्यहाँका ३० हजार मानिस अझै अन्धकारमा बस्न बाध्य भएका हुन् ।उत्तरी इग्लयाण्ड र स्कटल्याण्डमा मात्र ३० हजार मानिस विद्युत् विना जीवन चलाइरहेको युरो न्युजमा खबर छ । यस हप्ता अर्वेन आँधीपछि परेको भारी हिमपात र हावाहुरीका कारण बेलायतका विभिन्न क्षेत्रको पूर्वाधारमा क्षति पुगेको बताइएको छ ।
अर्वेनका कारण हालसम्म तीन मानिसले ज्यान गुमाइसकेका छन् । आँधी प्रभावित क्षेत्रका करिब ९५ प्रतिशत मानिस प्रभावित भएको बताइएको छ । प्रतिघण्टा १६० किलोमिटरको वेगमा आएको अर्वेन आँधी दशकयताकै ठूलो मानिएको छ




















