सिरहा,मंसिर १६ गते । सिरहाको बरियारपट्टीमा मोटरसाईकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सिरहाको बरियारपट्टी गाँउपालिका वडा नं.२ वस्ने कारी यादबले चलाएको स.३प ९२० नं. मोटरसाईकलले बरियापट्टी चौकमा पैदलयात्री सिरहा धनगढीमाई न.पा. वडा नं. १३ वस्ने वर्ष ६५को राम विलास यादबलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको छ ।
ठक्करबाट घाईते भएका यादबलाई उपचारको लागी धनगढीमाई नगरपालिका मुसहर्निया स्थित रहेको आरके मेडिसिटी अस्पतालमा ल्याएको र यता उपचार सम्भब नभएपछि थप उपचारको लागी विराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
मोटरसाईकल चालकको उपचार आरके मेडिसिटीमा भईरहेको प्रहरीले जनाएको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय वरियापट्टीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मृतक यादबको शब पोस्टमाडमको लागी लहानमा लगएिको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।




















