सिरहा,मंसिर ९ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिंदै आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको वताउनुभयो ।
बुधबार सिरहाको लहान आयोजित जिल्ला कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले कर्णाली प्रदेश लगायतका ठाउँमा एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा गाउँ गाउँबाट प्रवेश लहरको कारण एमालेभन्दा आफ्नो पार्टी शक्तिशाली बनेको जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले आसन्न एमालेको महाधिवेशनमाथि टिप्पणी गर्दै अध्यक्ष नेपालले एमाले किसान मजदुर पार्टी भनिए पनि कोही नभेटिएपछि हसिया हथौडाको झण्डा गैडाको हातमा समाउन दिएको भन्दै अगामी दिनमा गैंडा समेत उनको पार्टीमा नभेट्दा बाँदरलाई हसिया हथौडाको झण्डा बोकाउन वाध्य हुने उहाँले आरोप लगाउनुभयो ।
अध्यक्ष नेपालले सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए । प्रदेश २ मा पनि एमाले भन्दा आफ्नो पार्टी ठूलो रहेको उहाँले उल्लेख गर्नुभयो ।
त्यसबेला राप्रपा, कांग्रेस, एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा समाजवादी पार्टीमा प्रवेश भएकाहरुलाई फुल मालाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।




















