सिरहा,मंसिर ३ गते– सिरहाकोे धनगढीमाई नगरपालिका वडा नं. १० स्थितमा ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले  पुर्व बाट पश्चिम तर्फ जादै गरेको प्रदेश नं. ०२—०२३–प.९३९ नं.को (ओन टेस्ट) मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं। ७ बस्ने अं। बर्ष २५ को नागेश्वर भगत र सोही मोटरसाईकलमा पछाडी सवार जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. ५ बस्ने अं। बर्ष २९ को रमन कुमार कर्ण समेतको साथबाट नोफिन–१९४ एम्पुल, प्रोमिथोजाईन– ३४२ एम्पुल, डाईजोपाम– ३८२ एम्पुल र लेवल नभएको– १८२ एम्पुल समेत फेला पारी मानिसहरु नियन्त्रणमा लिई बरामद लागू औषध र मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको