सिरहा,मंसिर ३ गते –सप्तरीमा विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् 

खडक नगरपालिका–६ विरपुर स्तिथ पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नम्वरको ट्याक्टरले विपरित दिसाबाट जाँदै गरेको बा ९३ प ३५९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।ठक्करसँगै ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको प्रहरीले जाइको छ । ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको छ । दुर्घटना घाइते भएकी यादवलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएको थियो ।accdient  news

उपचारकै क्रममा उनको विहान पौने ८ बजेतिर मृत्यु भएको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए । दुर्घटनामा ट्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, भोगेन्द्र यादवको २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन् ।

यसैगरी वडा नम्वर ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी संगिया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशिला यादव र प्रदिप यादवकी ४ वर्षीया छोरी सिधान्त यादव घाइते भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

यसैगरी मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका–५ कंचनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुली घाइते भएका छन् । घाइते सवैलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ