सिरहा,मंसिर ३ गते – मोहत्तरीको अटोमा सवार एक युवकलाई लागू औषध सहित प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–११ लक्ष्मिनिया बस्ने १९ वर्षीय राजाराम महतो रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहिवार उनलाई पक्राउ गरेको हो । महतोको साथबाट नाईट्राभेट –१० ट्याबलेट ३० पिस,ईक्सपोलोन १०० एम एल–४ बोतल सहित बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवंडीएसपी प्रकाश बिष्टले बताए ।उनका अनुसार औरही नगरपालिका–४ कठुधार स्थित सम्सीबाट गौशाला तर्फ जाँदै गरेको ज.१.ह.४५११ नम्बरको अटो गाडीलाई रोकेर चेकजाँच गर्दा       

                  लागूऔषध सहित उनी पक्राउ परेका हुन्