जनकपुरधाम, मंसिर २ गते –धनुषामा भुत मेला हेर्न तीर्थालु बोकेर जाँदै गरेको ट्याकटर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।
धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीका कार्तिक पूर्णिमको दिन लाग्ने भुत मेला हेर्न तीर्थालु बोकेर गइरहेको अनटेस्ट भारतीय ट्याक्टर बिहीबार अपराहन्न ५ बजे हुलाकी सडक खण्ड अन्तर्गत धिनुषाको वदेह नगरपालिका ७ बेलापट्टीमा पल्टेको हो ।
अर्को ट्याक्टरलाई अभरटेक गर्ने क्रममा ट्याक्टर पल्टेर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र त्रस्नेतलो टुडेपाटीलाई ानकारी दिए ।उनका अनुसार दुर्घटनामा दुई भारतीय नागरिकको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको सीतामढी बेला थाना एकरहियाका अम्बिका मण्डल र दामदयाल राय यादव छन् ।
१८ जना घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुर र रामजानकी हस्पिटलमा भइरहेको छ । उनीहरु सबै भारती नागरिक रहेको प्रहरीले जनाएको छ । घटना पश्चात चालक फरार भएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको र फरार चालकको खोजविन जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ




















