तानसेन,कार्तिक ३० गते – नेत्रविक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण पाल्पाको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ। नेकपा विप्लप पक्षले पेट्रोलिम पदार्थको मुल्यवृद्धिको विरोधमा आज देशव्यापी गरेको बन्द गरेको हो।
मंगलबार पाल्पाबाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन्। सिद्धार्थ राजमार्गको तानसेन बुटवल, तानसेन तम्घास सडकहरु पनि सुनसान छन्। कोभिडको कारण लामो समय बन्द भई सञ्चालनमा रहेका शैक्षिक संस्थाहरु र साथै घरेलु तथा साना उद्योग, बजार पसलहरुसमेत बन्द छन्।
सरकार तथा गैर सरकारी क्षेत्रबाट भएको सबै किसिमको मुल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने, बजार नियन्त्रण गरी महङ्गी बढाउने विचौलियाहरुलाई कारवाही गरी मूल्य नियन्त्रण गर्नुपर्ने मागसहित विभिन्न आन्दोलनका कार्यक्रमसहित विप्लप नेकपाले नेपाल बन्दको आव्हान गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले तानसेन, रामपुर, हार्थोक छहरा, आर्यभञ्ज्याङ्ग, लगायतका क्षेत्रको चोक र गल्लीगल्लीमा प्रहरी परिचालन गरिएको छ




















