सिरहा,कार्तिक ३० गते–सिरहाको कल्यापुर नपा बाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
१५ वर्षीया किशोरी आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गरेको थियो । जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको प्रहरीले बताए । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले किशोरलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















