सिरहा, कार्तिक ३० गते ।सप्तरीमा कानुन व्यवसायीहरु जिल्ला अदालत राजविराजमा धर्नामा बसेका छन् ।प्रधनन्यायधीश चोलेन्द्र शमशेरको राजिनामा माग गर्दै सोमवार हातमा कालाो पटी बाधेर जिल्ला बारएशोसियन सप्तरीको नेतृत्वमा धर्नामा बसेका हुन् ।
नेपाल बारएशोसिसयन सप्तरीका अध्यक्ष डोमन साहको अगुवाईमा १ घण्टा जिल्ला अदालत राजविराजको मुल गेटमा विहान ११ वजे देखि १२ वजे सम्म धर्नामा बसेका थिए ।
नेपाल बार एशोसियनको पूर्व निर्धारित कार्यक्रमलाई समर्थन जनाउदै आन्दोलनमा एकतावद्ध जनाउदै दोस्रो दिनको कार्यक्रमलाइ पनि निरन्तरता दिएको अध्यक्ष साहले जनाउनु भयो ।
आज पनि जिल्ला अदालतको मुल गेटमा १ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको छ ।




















