सिरहा,कार्तिक २७ गते । बर्षौ देखी नागरिकताबाट बञ्चित एक सय ३२ जना कर्जन्हाका स्थानियहरु गाँउमै नागरिकता पाएपछि खुशि भएका छन् ।

कर्जन्हा नगरपालिका वडा नं. ६ का स्थानीयहरु बर्षौ देखी विपन्न ,दलित समुदायका जनताहरु वडा कार्यालयको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय सिरहको आयोजनामा गाँउमै ९२ जना महिला,४० जना पुरुष गरी जम्मा एक सय ३२ जना नागरिकता वितरण गरिएको वडा अध्यक्ष जगदिश महतोले बताउनुभयो । 

आर्थिक अवस्थाले कमजोर भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय सिरहा संग समन्वय गरी आज कर्जन्हा नगरपालिका वडा नं.६मा शिविर संचालन गरी वितरण गरिएको अध्यक्ष महतोले बताउनुभयो ।

sirha 27

स्थानिय अपाङ्ग दिनेश साहले वडा कार्यालयबाट नागरिकताको लागी २ वर्ष पहिले सिफारिश लिएका थिए तर आर्थिक अबस्था कमजोर र सिरहा जानबाट कठिनाई भएपछि नागरिकता लिन नगएपछि आज गाँउमै नागरिकता पाएपछि खुशि भएको वडा अध्यक्ष महतोले बताए ।