सिरहा,कार्तिक २७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ जिरोमाईलमा निर्माणाधिन बहुआयामिकनिर्मल लामा कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

धनगढीमाई नगरपालिकाको झण्डैै डेढ करोडको लागत निर्माण हुन लागेको उक्त कभर्ड हलले खेलप्रेमीहरुको लागि लाभदायी सिद्ध हुनेछ । वरिपरि व्यवस्थित खेल मैदाननहुँदा यसअघि स्थानीय खेलाडीहरुलाई खेल खेल्न सकस भइरहेको थियो ।

खेल विद्यामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त गरेका खेलाडीहरु नगरपालिका अन्तर्गत रहेकोले खेलको लागि विकास गर्नको लागि कभर्ड हलनिर्माण गर्न थालिएको नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वताउनुभयो ।

नगरपालिकाको आर्थिक सहयोगमा सुविधा सम्पन्न निर्माण हुन लागेको उक्त कभर्ड हलमा ईण्डोर अन्तर्गतका विभिन्न खेलहरु खेलाइने वडा नं. ९ का वडा अध्यक्ष एवम् नगरप्रवक्ता प्रकाश योञ्जनले वताउनुभयो ।

बहुआयामिक नामदिई निर्माण हुनलागेको निर्मल लामा कभर्ड हलमा विभिन्नगतिविधि समेत गरिने गरी निर्माण हुनलागेको बताइएको छ ।

















