सिरहा,कार्तिक २५ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज दोस्रो सेमी फाईनलमा आयोजक टिम महदेबा बिजय भएको छ ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको दोस्रो सेमी फाईनलमा महदेवा ४ गोलले विजय भएको छ ।

शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको दोस्रो सेमी फाईनलमा आज बिरेन्द्र बजार एफ.सी. धनुषा र आयोजक टिम महेदवा एस.सी. विच भएको आयोजक संस्थाले जनाए ।

खेल सरु भएको १३ मिनेटमै आयोजक टिमले १ गोल गरेका थिए भने क्रमिक रुपमा ४ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।
आजको खेलमा म्यान अफ द म्याच आयोजक टिमका खेलाडी राकेश सिंहलाई नगद रु पाच सय दिईएको आयोजक संस्थाले जनाए ।
भोलीको फाईनल गेम दिउसो २ बजे देखी आयोजक संस्था र मोतीराजा एस.सी विच हुने आयोजक संस्थाले बताए ।



















